दक्षिण कोरिया पुगे पनि उनीहरुलाई दक्षिणका अधिकारीहरुले फेरि उत्तर कोरिया फर्काइदिएका छन्।
उत्तरबाट दक्षिण कोरियाको सामुद्रिक सीमामा शनिबार प्रवेश गरेपछि उनीहरूलाई दक्षिण कोरियाले नियन्त्रणमा लिएको थियो।
उत्तरबाट भागेर आफ्नो देशमा आएका मानिसहरूलाई प्रायः दक्षिण कोरियाले शरण दिने गरेको छ।
तर ती दुई पुरुषबाट आफ्नो राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने भन्दै यो घटनामा उसले त्यसो गरेन।
उत्तर कोरियाली माझीलाई दक्षिण कोरियाले उत्तरका अधिकारीहरूलाई जिम्मा लगाएको छ।
उनीहरूलाई शरण खोज्न आएका व्यक्तिका रूपमा भन्दा पनि अपराधी मानिएका कारण फर्काएको जनाइएको छ। ।
माछा मार्न प्रयोग हुने डुङ्गामा चढेर सीमा पार गरेको दुई दिनपछि उनीहरू पक्राउ परेका थिए।
समाचारसंस्था योन्हापका अनुसार उनीहरूले डुङ्गाका प्रमुख चालकलाई अक्टोबर महिनामा मारेको स्वीकार गरेका छन्।
आफूसँग नराम्रो व्यवहार गरिएको भनाइ उनीहरूको रहेको दक्षिणका अधिकारीहरूले जनाएका छन्।
चालकको हत्याको विरोध गर्ने अन्य १५ कर्मचारीलाई पनि उनीहरूले मारिदिएका थिए। सबै शवलाई समुद्रमा फालिएको थियो। बीबीसी
प्रतिक्रिया