ad ad

राजनीति


प्रदेश र प्रतिनिधिसभाका लागि पर्‍यो ६७ जनाको मनोनयन

प्रदेश र प्रतिनिधिसभाका लागि पर्‍यो ६७ जनाको मनोनयन

नेपालखबर
कात्तिक २१, २०७६ बिहिबार १२:३३,

प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनको लागि बिहीबार दल र स्वतन्त्र उम्मेदवार गरी जम्मा ६७ जना आकांक्षीले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगले मनोनयन दर्ताका लागि बिहीबार बिहान १० बजेदेखि १ बजे अपरान्हसम्मको समय तोकेको थियो। सो अवधिमा प्रतिनिधिसभा अन्तर्गत कास्की क्षेत्र नम्बर २, प्रदेश अन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’, दाङ क्षेत्र नम्बर ३ ‘ख’ र भक्तपुर क्षेत्र नम्बर १ ‘क’ मा दल र स्वतन्त्र उम्मेदवार गरी ६७ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।

आयोगले उमेदवारसम्बन्धी दाबी–विरोधका लागि शुक्रबार दिनभर र उम्मेदवारी फिर्ताका लागि आइतबार अपरान्ह १ बजेसम्मको समय तोकेको छ।

आयोगका अनुसार कास्की क्षेत्र नम्बर २ मा विभिन्न राजनीतिक दलका ११ जना र स्वतन्त्र ११ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको नेपालखबरका पोखरा संवाददाता वाशुदेव मिश्रले जानकारी दिए।

तीनवटा प्रदेशसभा निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमध्ये १४ जना स्वतन्त्र हुन्। तीमध्ये भक्तपुरमा सबैभन्दा बढी १० छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी, राप्रपा र साझा पार्टीबाट गरेर जम्मा ११ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

यसैगरी, बाग्लुङ–२ ‘ख’को प्रदेश सभा निर्वाचनका लागि ८ दलीय र २ स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएका छन्। उक्त क्षेत्रमा सत्तारुढ नेकपाकै शेरमान घर्तीले वागी उम्मेदवारी दिएका छन्।

प्रदेश सभा अन्तर्गत दाङ–३ ‘ख’मा विभिन्न दलबाट १२ जना र स्वतन्त्र २ जना गरी १४ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ।

स्थानीय तहका लागि भने कात्तिक २७ गते मात्र मनोनयन तोकिएको छ। एक मेयर, ३ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र वडाअध्यक्ष र सदस्यसहित ४३ रिक्त पदका लागि निर्वाचन मंसिर १४ गते नै हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .