राष्ट्रिय सभा सदस्य पदका लागि गण्डकीबाट सत्ता र प्रतिपक्ष दुवैले उम्मेदवारी दर्ता गराएका छन्।
सत्तापक्षबाट दलिततर्फ गोरखाका भुवन सुनार, महिलातर्फ गोरखाकै कमला पन्त र खुलातर्फ तनहुँका सुरेश आले मगर उम्मेदवार बनेका छन्।
यता, प्रतिपक्षी एमालेतर्फबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ अर्जुनप्रसाद सुनामलाई उम्मेदवार बनाएको छ।
दुवै समूहले दलबलसहित निर्वाचन कार्यालय पोखरामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
एमालेका उम्मेदवारहरु सबैभन्दा पहिला निर्वाचन कार्यालय पुगेका थिए भने सत्ता साझेदार दलका उम्मेदवारहरु दिउँसो ३ बजेतिर निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
गण्डकीमा ३ सदस्यको लागि चुनाव हुँदैछ। यहाँ सत्ता गठबन्धन बलियो छ।
51
Shares
प्रतिक्रिया