ad ad

राजनीति


बंगलादेशी राष्ट्रपति हमिद काठमाडौंमा

बंगलादेशी राष्ट्रपति हमिद काठमाडौंमा

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ७:३०,

नेपालको चार–दिने सद्भावना भ्रमणका क्रममा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन्।  उनी विमान बंगलाको नियमित उडानबाट काठमाडौं आएका हुन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गरेकी छिन्। विमानस्थलकाे अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले समकक्षी हमिदकाे स्वागत गरेकी हुन्। 

राष्ट्रपति भण्डारीको निमन्त्रणामा ५२–सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हमिद विमानस्थलबाट होटल म्यारियटमा बस्नेछन्।

भ्रमण टोलीमा राष्ट्रपतिकी श्रीमती, दुई छोरा, दुई सांसद, सैनिक तथा प्रेस सचिव, बंगलादेश सरकारका विदेश सचिव सहभागी हुने कार्यक्रम छ।

hamid from bangaladeshबङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ। तस्बिर: रासस

आजै दिउँसो हमिदले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशी राष्ट्रपति हमिदलाई होटलमा भेट गर्नेछन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले बंगाली समकक्षीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।

बुधबार बिहान राष्ट्रपति भण्डारीसँग शीतल निवासमा बंगलादेशी राष्ट्रपति हमिदले भेट गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनासँग भेट हुनेछ। सबै भेटहरु होटल म्यारियटमा हुनेछन्।

president vidya and hamid

बिहीबार बंगलादेशी राष्ट्रपति हमिद पोखराको भ्रमणमा जानेछन्। बिहान साढे ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा जाने उनी दिउँसो विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ। पोखराबाट साँझ राष्ट्रपति हमिद काठमाडौं फर्किने कार्यक्रम छ।

शुक्रबार बिहान चन्द्रगिरिमा भ्रमण गरी राष्ट्रपति हमिद साँझ पाँच बजे बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .