ad ad

राजनीति


रिमाललाई हटाउने कुरा हल्लामात्रैः पोख्रेल

रिमाललाई हटाउने कुरा हल्लामात्रैः पोख्रेल

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ८:४७,

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकारबाट विष्णु रिमाललाई हटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको ओलीनिकट एक नेताले दाबी गरेका छन्।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका शंकर पोख्रेलले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजनीतिक सल्लाहकार फेर्ने कुरा हल्ला साबित हुने उल्लेख गरेका हुन्।

पोख्रेलले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो, कमरेड विष्णु रिमाल। प्रमुख सल्लाहकार परिवर्तन हल्ला साबित हुनेछ।’

प्रधानमन्त्री ओलीले शुक्रबार आफ्ना सचिवालयमा रहेका सबैलाई सामूहिक राजीनामा गर्न निर्देशन दिएपछि सचिवालयका धेरैले राजीनामा दिएको बताइएको थियो।

मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिए पनि प्रधानमन्त्री ओली निवास बालुवाटारमा राजीनामा दिएका सल्लाहकार नगएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले बताएको थियो।

नेपालखबरसँग कुरा गर्दै सचिवालयका एक सल्लाहकारले भनेका थिए, ‘म बालुवाटार जान छोडिसकेँ।’

तर, प्रधानमन्त्री ओली नजिकका एकमध्ये रहेका पोखरेलले फेसबुकबाटै रिमालको राजीनामा हल्ला मात्रै भएको बताएसँगै फेरि रिमाल नै मुख्य राजनीतिक सल्लाहकारमा दोहोरिने सम्भावना देखिएको छ।

पोख्रेललाई मुख्यमन्त्रीबाट राजीनामा गराएर प्रधानमन्त्री ओलीकै राजनीतिक सल्लाहकार वा मन्त्री बनाउने तयारी रहेको चर्चाबीच उनैले रिमालको राजीनामा नभएको बताउनुलाई चासोपूर्वक हेरिएको छ।

राजनीतिक सल्लाहकार रिमालले पार्टीकै नेताहरुलाई पनि प्रधानमन्त्रीसँग भेट गर्न नदिएको, प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेको भन्दै ओली निकटकै नेताहरुले विरोध गरेपछि प्रधानमन्त्री ओली सचिवालयका सबैलाई फेर्ने निर्णयमा पुगेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .