हावाहुरीले टेन्ट र मञ्च भत्काउँदा मधेश प्रदेशको प्रदेशसभामा शुक्रबार आयोजित वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ।
चार वर्ष पूरा गरेको अवसरमा प्रदेशसभा सचिवालयले शुक्रबार दिउँसो १ बजेका लागि वार्षिकोत्सव आयोजना गरिएको थियो।
तर, हावाहुरीले मञ्च र पण्डालमा क्षति पुर्याउँदा कार्यक्रम स्थगित गर्नुपरेको प्रदेशसभाका सचिवालयले जनाएको छ।
यो कार्यक्रम फेरि कहिले आयोजन गर्नेबारेमा अर्को सूचना प्रकाशन गरिने भएको छ।
मधेश प्रदेशबाट बिहीबार रातिदेखि नै हावाहुरी चलेको छ। त्यसक्रममा रौतहटमा एक महिला र धनुषामा दुई बालिकाले ज्यान गुमाएका छन्।
354
Shares
प्रतिक्रिया