ad ad

राजनीति


प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति राजापाक्षलाई बधाई

प्रधानमन्त्री ओलीद्वारा श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति राजापाक्षलाई बधाई

नेपालखबर
मंसिर १, २०७६ आइतबार १२:३२,

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका नव निर्वाचित राष्ट्रपति गोटाबाया राजापाक्षलाई बधाई दिएका छन्।

आइतबार ट्वीट मार्फत् ओलीले राजापाक्षलाई श्रीलंकाको नयाँ राष्ट्रपति बनेकोमा बधाई दिएका हुन्।

ओलीले राजापाक्षको कार्यकालमा श्रीलंका र नेपालबीच सम्बन्ध थप सुमधुर हुने विश्वास व्यक्त गरेका छन्।

श्रीलङ्काको विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्ष आइतबार राष्ट्रपतिमा निर्वाचित भएका छन्।

झण्डै दश बर्ष अगाडी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्धन्द्ध अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका राजापाक्षले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेको जनाइएको छ।

उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .