ad ad

राजनीति


नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, भुसाललाई खनालको न्यानो अँगालो

नवनियुक्त मन्त्रीहरुद्वारा पदभार ग्रहण, भुसाललाई खनालको न्यानो अँगालो

नेपालखबर
मंसिर ५, २०७६ बिहिबार ७:५८,

नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयहरुमा पुगेर उनीहरुले पदभार गरेका हुन्।

नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गर्दैगर्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए। भुसाललाई खनालले अँगालो हालेर कार्यकक्षमा स्वागत गरेका थिए।

पदभार ग्रहण गर्दै मन्त्री भुसालले आफू पदमा रहुञ्जेल लोभ र डरबाट प्रभावित नहुने वाचा गरे।

त्यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गर्दै व्यक्तिगत र संरचनागत समस्या हटाउने प्रतिबद्धता जनाए।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पनि पदभार ग्रहण गरेका छन्।

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पनि मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .