ad ad

समाज


जनकपुरकी अनिषाले जन्माइन् तिम्ल्याहा शिशु

जनकपुरकी अनिषाले जन्माइन् तिम्ल्याहा शिशु

शैलेन्द्र महतो
मंसिर ५, २०७६ बिहिबार ८:४,

जनकपुरकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्।

जनकपुरधाम उपमहानगरपालिका १ बस्ने बजरंग प्रसाद जयसवालकी श्रीमती २६ वर्षीया अनिषा जयसवालले बिहीबार तिम्ल्याहा शिशु जन्माएकी हुन्।

सुत्केरी व्यथा लागेपछि बुधबार बिहान अनिषालाई जनकपुरको धनुषा अस्पतालमा भर्ना गरिएको थियो। समान्य रुपले बच्चा नजन्मिएपछि उनलाई स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. वृजमोहन रजकले शल्यक्रिया गरी तीनै शिशुलाई निकालेका हुन्। तीन बच्चामा २ छोरी र एक छोरा छन्।

आमा र बच्चाहरुको स्वास्थ्य अवस्था समान्य रहेको शल्यक्रिया गर्ने चिकित्सक रजकले बताए। उनका अनुसार बच्चाहरुको तौल क्रमस २ किलो, १ किलो ७ सय ग्राम र १ किलो ५ सय ग्राम छन् । एक किलो ५ सय ग्राम तौल भएको शिशुलाई एनआईसीयूमा राखिएको अस्पतालले जनाएको छ। अनिषाले पहिलो पटकमै तीन सन्तान जन्माएकी हुन्।

अनिषाले एकैपटक तीन सन्तान जन्माएपछि पति बजरंग निकै खुसी भएको प्रतिक्रिया दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .