गण्डकी प्रदेशका बहालवाला मन्त्री विन्दुकुमार थापाले पोखरा महानगरको मेयरमा आकांक्षा देखाएका छन्।
उनले आइतबार सवा २ बजे कांग्रेस पोखरा महानगर समितिले आह्वान गरे बमोजिम मनोनयन दर्ता गराएका हुन्।
उनी गण्डकीका कानुन, न्याय तथा प्रदेश मामिलामन्त्री हुन्।
कास्की क्षेत्र नम्बर २ ख बाट प्रत्यक्ष निर्वाचित उनले जित्ने उम्मेदवार आफू भएको जिकिर गर्दै उम्मेदवार बनेको बताए।
पोखराको मेयर क्षमतावान र स्वच्छ छविको हुनुपर्ने कार्यकर्ताको दवावका कारण उम्मेदवारी दिए पनि पार्टीको निर्णय सर्वोपरि हुने उनको भनाइ छ।
हालसम्म मेयरमा १२ र उपमेयरमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मेयर र उपमेयरको निवेदन लिएर भोलि एक महिलासहित ३ जना सिफारिस गरिने पोखरा नगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेले बताए।
मेयरको लागि ५ सय दर्ता शुल्क र २५ हजार एवं उपमेयरको लागि २० हजार सहयोग लिएर उम्मेदवारी दर्ता गरिएको छ।
Shares
प्रतिक्रिया