नेपाली कांग्रेस पोखरा नगर समिति पनि पोखराको मेयर अर्को पार्टीलाई सुम्पन नहुने निष्कर्षमा पुगेको छ।
सचिवद्वय टुवराज बास्तोला र गणेशबहादुर थापाले सोमबार साँझ विज्ञप्ति जारी गर्दै गठबन्धनका दलहरुले हैसियतभन्दा ठूलो माग राखेकाले कांग्रेस एक्लै चुनावमा होमिनुपर्नेमा जोड दिएका हुन्।
यसअघि कास्की कांग्रेसका सचिवद्वय भानु ढकाल र देवेन्द्र रानाभाटले पनि विज्ञप्ति जारी गर्दै नेकपा एकीकृत समाजवादीलाई मेयर दिन नसकिने बरु एक्लै अगाडि बढ्ने उद्घोष गरेका थिए।
90
Shares
प्रतिक्रिया