एमाले गण्डकीले पाेखरा महानगरपालिकाकाे मेयरका आकांक्षी १२ जना र उपमेयरका ९ जनाकै नाम केन्द्रमा पठाएको छ।
पोखरा नगर कमिटीले मेयर र उपमेयरमा सिफारिस गरेका सबै नाम केन्द्रमा पठाइएको एमाले गण्डकीका उपसचिव रश्मी आचार्यले बताए।
प्रदेशले आकांक्षीको नाम थपेर पठाउने चर्चा चले पनि त्यसो नगरिएको उनले बताए।
चुनावी मैदानबाट हटेकी महानगरकी हालकी उपमेयर मन्जु गुरुङको नाम थप्ने चर्चा चलेको थियो।
मेयरको लागि प्रदेश सांसद कृष्ण थापा र राजीव पहारी पनि मैदानमा छन्। प्राडा विश्वकल्याण पराजुली, रश्मी आचार्य, भीम कार्की, मीनाकुमारी गुरुङ, सावित्री भण्डारी, बालसिंह काउछा मगर, दीपक पौडेल, पुष्पराज अधिकारी, पुष्पज्योति ढुंगाना र दर्शन लामा छन्।
त्यस्तै, उपप्रमुखमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी (त्रिपाठी), जीवनप्रसाद आचार्य, बलराम गायक र हरिमाया गुरुङ आकांक्षी छन्।
आकांक्षीबीच नगर समितिमा नै चुनाव हुने अवस्थामा आउँदा केन्द्रीय अध्यक्ष केपी ओलीले नै चुनाव नगराउन निर्देशन दिएका थिए।
अब पोखराको मेयर अध्यक्ष ओलीले नै घोषणा गर्नेछ्न्।
एमाले गण्डकीले आज प्रचार समितिको बैठक समेत राखेको थियो। बैठकले पार्टी निकट पत्रकारलाई प्रचार सामग्री (समाचार) निर्माण र प्रचारमा खटाउने निर्णय गरेको आचार्यले बताए।
Shares
प्रतिक्रिया