नेपाली कांग्रेस गण्डकीले १० जना उपप्रमुखको नाम केन्द्रमा पठाएको छ।
गठबन्धनले पोखराको प्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय गरेसँगै प्रदेशले उपप्रमुखको नाममात्रै केन्द्रमा पठाएको प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए।
उनका अनुसार पोखरा नगर समितिले पठाएका माया बराल कार्की, लक्ष्मी पाण्डे क्षेत्री, आनन्दी राणा कार्की, रंगीला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीको नाम जस्ताको तस्तै केन्द्रमा पठाएको हो।
कांग्रेस पोखरा महानगरले प्रमुखका लागि १८ जनाको नाम सिफारिस गरेको थियो। प्रमुख कांग्रेसले नपाउने भएपछि त्यसमध्येका केहीले उपप्रमुखमा आकांक्षा देखाएका छन्।
उम्मेदवार तोक्ने अधिकार केन्द्रलाई भएको बताउँदै पौडेलले प्रदेशले पठाएका नामहरुबाटै एकजना उपप्रमुखको उम्मेदवार बन्ने जिकिर गरे ।
Shares
प्रतिक्रिया