नेपाली कांग्रेसका तर्फबाट पोखरा महानगरको उपमेयरमा कोपिला रानाभाट उम्मेदवार बनेकी छन्। कांग्रेस केन्द्रीय समितिले उनलाई गठबन्धनबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको हो।
यसअघि नेपाली कांग्रेस पोखरा नगर समिति सभापति सुरेन्द्रमान बिजुक्छेले टिकट पाएको चर्चा गरिए पनि उनको नाम अन्तिम समयमा काटिएको हो। कोपिला नेपाली कांग्रेस गण्डकीकी कोषाध्यक्ष हुन्। उनी नेपाली कांग्रेसमा कोइराला पक्षधर भनेर चिनिन्छिन्। साविकको लेखनाथ नगरपालिकाबासी उनलाई उम्मेदवार बनाएर कांग्रेस र गठबन्धनले सो क्षेत्रको मत तान्ने रणनीति बनाएको छ।
प्रमुख प्रतिस्पर्धी एमालेले पनि उपमेयरमा हालकी उपमेयर मञ्जुदेवी गुरुङलाई नै उम्मेदवार बनाएको छ। मञ्जुले अघिल्लो चुनावमा कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङलाई १२ हजार १ सय १० मतले पराजित गरेकी थिइन्।
267
Shares
प्रतिक्रिया