ad ad

राजनीति


तीन दिनभित्र नक्सा सार्वजनिक गर्न सरकारलाई कांग्रेस प्रवक्ताकाे चुनौती

तीन दिनभित्र नक्सा सार्वजनिक गर्न सरकारलाई कांग्रेस प्रवक्ताकाे चुनौती

वाशुदेव मिश्र
मंसिर ९, २०७६ सोमबार ८:३५,

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र कम्युनिष्ट पार्टीका नेताहरूले सीमा विवादको जवाफ कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवासँग होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग माग्नुपर्ने बताएका छन्।

‘भारतको प्रधानमन्त्रीलाई विभिन्न भाषामा जन्मदिनको शुभकामना दिँदा कालापानीको विषयमा भने मिडियालाई मात्र खपत हुनेगरि विज्ञप्ति आयो,’ नेपाल प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मोदीको नाममा आजसम्म एक टेलिफोन काठमाण्डौबाट गैरहेको छैन।’

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको सहमतिमा नै भारतले नक्सा सार्वजनिक गरेको हो कि भन्ने आशंका गर्नु स्वभाविक रहेको दाबी गरे।

उनले सभापति देउवाले भारतका राजदूतलाई टेलिफोन गरि कालापानी नेपाली भूभाग भएको भन्दै भारतले जारी गरेको नक्साप्रति आपत्ति जनाएको प्रसंग उल्लेख गर्दै भने, ‘यो उहाँ (देउवा) ले आशंका राख्नुभएको हो। उहाँको अभिव्यक्तिमा पार्टीको ठहर होइन अनि उहाँको पनि ठहर होइन।’

उनले तीन दिनभित्रै नक्सा सार्वजनिक गर्न सरकारलाई चुनौती समेत दिए।

‘नक्सा छाप्नु ठूलो कुरा नहोला तर नेपालको आधिकारिक नक्सा समेत सार्वजनिक गर्न नसक्ने सरकारबाट अरु के आश गर्नु,’ उनले प्रश्न गरे। फरक प्रसंगमा उनले पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारी वंशवादमा विश्वास नगर्ने गणतन्त्रवादी नेता भएको स्मरण गर्दै उनकी धर्मपत्नीले स्वर्गीय रवीन्द्रको उत्तराधिकारी भनेर आफूलाई प्रस्तुत गर्दा रवीन्द्रप्रति नै अन्याय हुने तर्क गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .