पोखरामा गठबन्धन दलको घोषणा पत्र सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलन स्थलको गेटमा असन्तुष्ट कांग्रेस कार्यकर्ताले नाराबाजी गरेका छन्।
पोखरा महानगरपालिका वडा नम्बर २४ को अध्यक्ष माओवादीलाई दिन लागेको भन्दै उनीहरुले नेतृत्वविरुद्धमा नाराबाजी गरेका हुन्। उनीहरुले गेटमा तालासमेत लगाएका छन्।
भित्र गठबन्धनका प्रमुख पदका उम्मेदवार धनराज आचार्यसहितका नेता छन्।
कांग्रेस पोखरा २४ सचिव चन्द्रेश्वर बस्ताकोटीले सो वडा छाड्न नसक्ने बताए। सो वडा यसअघि एमालेले जितेको थियो।
माओवादीले कांग्रेसले एकलौटी रुपले सबै वडामा उम्मेदवारी दिएको र आफूलाई भाग नदिएको भन्दै असन्तुष्टि जनाएसँगै केही वडा उसैलाई दिने तयारी भएको भन्दै उनीहरूले विरोध गरेका हुन्।
विरोधले पत्रकार सम्मेलन प्रभावित भएको छ।
यता, माओवादी महानगर कमिटीले बिहीबार विज्ञप्ति प्रकाशित गरी गठबन्धनको भावनाविपरित कांग्रेसले वडाहरूमा उम्मेदवारी दिएको भन्दै फिर्ता लिन आग्रह गरेको छ।
Shares
प्रतिक्रिया