ad ad

राजनीति


पोखराका ३ मतदानस्थलमा बम विस्फोट, कडा सुरक्षाबीच मतदान जारी

पोखराका ३ मतदानस्थलमा बम विस्फोट, कडा सुरक्षाबीच मतदान जारी

वाशुदेव मिश्र
मंसिर १४, २०७६ शनिबार २:४४,

प्रतिनिधिसभा सदस्य चयनका लागि आज (शनिबार) कास्की क्षेत्र नम्बर २ मा जारी उपनिर्वाचनअन्तर्गत पोखराका तीन मतदानस्थलमा बम विस्फोट भएका छन्।

पोखरा ३३ भरतपोखरीस्थित सरस्वती टीका मावि, पोखरा ९ को नवप्रभात मावि र पोखरा १६ को शान्ति माविमा रहेका मतदान केन्द्रमा भोट हालिरहेकै बेला बम विस्फोट भएका हुन्।

शान्ति माविमा दुईपटक विस्फोट भएको थियो। बम विस्फोटबाट कतै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ९ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गाउँ हो।

हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको निधन भएकै कारण कास्की २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि आज उपनिर्वाचन भइरहेको हो।

बम विस्फोटपछि कडा सुरक्षाबीच मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

 

78653608 793168571130874 5977461841616437248 n

मतदाताले भोट हालिहरहेका बेला माथिबाट मतदानस्थलमै बम प्रहार गर्दा थोरैले मानवीय क्षति हुनबाट बचेको प्रहरीले जनाएको छ। बम प्रहारबाट नवप्रभात माविको पर्खालमा खाल्डो परेको छ। (माथि तस्बिरमा हेर्नुहोस्)।

77235633 683724162155443 4291870839327948800 n

घटनास्थलमा बारुदको गन्ध आइरहेको छ। बम कसले हान्याे भन्ने थाहा हुन सकेकाे छैन। घनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि ३२ मतदानस्थलमा ८२ केन्द्र छन्।

प्रतिस्पर्धामा को-को छन्?
यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दैछन्। चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसी छन्।

bidya

यसैगरि विवेकशील नेपाली दलकी जमुना शर्मा स्वतन्त्र उम्मेदवार बनेर मैदानमा छन्। नेपाल कम्युनिस्ट पार्टी (माले)का तर्फबाट टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बीपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङ पनि मैदानमा रहेका छन्।

स्वतन्त्रबाट उमानाथ गौतम, कमलजंग कुँवर, दीपक रेग्मी, नवराज बाँस्तोला, यज्ञप्रसाद पगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला तथा सुनील भुसाल उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारमध्ये ८ जनाले आफैलाई भोट हाल्नेछन् भने बाँकी उम्मेदवारले आफूलाई भोट हाल्न पाउने छैनन्।

निर्वाचन अधिकारी महेन्द्रराज सु्वेदीका अनुसार निर्वाचनका लागि कर्मचारीसँगै सुरक्षाकर्मी र स्वयंसेवक पनि निर्वाचन केन्द्रमा खटिएका छन्। चुनावमा ४ सय १० कर्मचारी खटिएका छन्। एक मतदान केन्द्र बराबर ५ जनाका हिसाबले आयोगले कर्मचारी खटाएको छ।

सुवेदीका अनुसार यहाँ ८२ वटा मतदान केन्द्र र ३२ वटा मतदान स्थल रहेका छन्। पोखरामा ११ वटा वडाका ७१ हजार आठ सय ७१ जना मतदाताले मतदानमा भाग लिनेछन्। प्रतिनिधीसभा क्षेत्रभित्रका प्रदेश ‘क’ र ‘ख’ मा १६–१६ वटा मतदान केन्द्र तोकिएका छन्। चुनावमा भा लिनेमध्ये ३८ हजार सात सय ६४ जना महिला र ३३ हजार एक सय छ जना पुरुष छन्।

आयोगले शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ। मतदान सकिएपछि साँझ ५ देखि ७ बजेसम्म मतपेटिका संकलन गर्ने, ७ बजे सर्वदलीय बैठक बस्ने र बैठक सकिएपछि जिल्ला समन्वय समिति कास्कीमा मतगणना गरिने कार्यतालिका रहेको छ। उनीहरुको मतको आधारमा नै २१ मध्येबाट एकजना प्रतिनिधिसभा सदस्य चुनिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .