ad ad

खेल


साग महिला भलिबल: सेमिफाइनल समीकरण पूरा

साग महिला भलिबल: सेमिफाइनल समीकरण पूरा

नेपालखबर
मंसिर १४, २०७६ शनिबार २:४६,

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणअन्तर्गत महिला भलिबलमा शुक्रबार सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार हुने सेमिफाइनल समूह ‘ए’ को विजेता भारतले समूह ‘बी’ को उपविजेता माल्दिभ्स तथा समूह ‘ए’ उपविजेता नेपालले समूह ‘बी’ को विजेता श्रीलंका विरुद्ध खेल्ने छन् । शुक्रबार महिलाको प्रतिस्पर्धामा भारतले बंगलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलंकाले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषको खेलमा भारतले घरेलु टोली नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेताको हैसियतले सेमिफाइनलमा पुग्यो । पराजयसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट बंगलादेश उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश ग¥यो ।

पुरुषकै अर्को खेलमा श्रीलंकाले माल्दिभ्समाथि २५–१८, २५–२३ र २५–१७ को जित दर्ता ग¥यो । समूह चरणको दुवै खेलमा पराजित भएपछि माल्दिभ्सको चुनौती समाप्त भइसकेको छ । समूह ‘बी’ को अन्तिम खेल सेमिफाइनल पुगिसकेका दुवै टोली श्रीलंका र पाकिस्तानबीच शनिबार हुने छ । त्यो खेलले समूह विजेता र उपविजेताको टुंगो लगाउने छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .