नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन समयमा नेकपा एमालेमा विद्रोह गर्दा साथमा रहेका १० भाइ नेतामाथि आक्रोश व्यक्त गरेका छन्।
काठमाडौँको नयाँ बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले विद्रोह गर्दा साथैमा रहेका १० भाइ नेतामाथि आक्रोश व्यक्त गरेका हुन्।
अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दा एमालेमै फर्किएका ती १० भाइ नेताहरुको मागजबाट अझै पनि नसा नउत्रिएको पनि टिप्पणी गरे।
‘हाम्रो विद्रोह जायज थियो। कथित १० भाइको मगजबाट अझै नसा उत्रिएको छैन,’ उनले भने।
अध्यक्ष नेपालले एमालेका १० भाइ नेताहरुलाई आफूमाथि धारेहात लगाउने धृष्टता नगर्न पनि चेतावनी दिए।
‘अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेका छ्न्। त्यो धृष्टता अब फेरि नगरुन्,’ उनले भने।
1.2k
Shares
प्रतिक्रिया