महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र लोक दलबीच आइतवार एकता सम्झौता भएको छ।
लोसपा नेपालको बबरमहलस्थित केन्द्रीय कार्यालयमा दुई दलबीच एकता घोषणा भएको हो।
यो एकीकरणले देशका उपेक्षित, पीडित, पिछडा वर्गसहित मधेसी तथा अधिकारबाट बञ्चित नागरिकको आवाजलाई राज्यको नेतृत्वसम्म पुर्याउन बल पुग्ने बताइएको छ।
एकताका लागि भएको चार बुँदे सहमतिमा लोक दलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नाम, झण्डा र छाप स्वीकार गरेको छ।
त्यसैगरी लोक दलका नेता-कार्यकर्ताहरूलाई सहमति अनुसारको पद र जिम्मेवारी लोसपा नेपालले दिने भएको छ।
यी दुई दलबीच संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रही मधेस, समग्र देश र जनअधिकार प्राप्तिको संघर्षलाई अझै अघि बढाउने सहमति भएको छ।
एकता सहमति पत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर र लोक दलका अध्यक्ष कौशल कुमार सिंहले हस्ताक्षर गरेका छन्।
Shares
प्रतिक्रिया