ad ad

राजनीति


‘ढिलो न्यायले गलत सन्देश गयो, अदालतबाट बेलामा फैसला नहुने रहेछ भन्दैछन्’

‘ढिलो न्यायले गलत सन्देश गयो, अदालतबाट बेलामा फैसला नहुने रहेछ भन्दैछन्’

रासस
भदौ २२, २०७९ बुधबार २२:१६, काठमाडौँ

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालत न्यायालय सुधारको अभियानमा जुटेको बताएका छन्। 

उनले अब सेवाग्राहीलाई न्याय दिलाउने कुरामा ढिलाइ नहुने भन्दै सर्वोच्च सुधारको पक्षमा जुटेको बताए।

बुधबार जिल्ला अदालत बझाङको भवन उद्घाटन कार्यक्रममा उनले न्यायमा ढिलाइ भए जनस्तरमा गलत सन्देश जाने बताए। 

'अदालतमा एक दुई जना सेवाग्राही आउनुभएको हुन्छ', उनले भने, 'एक दुईजनालाई पनि हामीले ढिलाइ गरेर राख्यौँ, समयमा काम गरिदिएनौँ, मुद्दा मामिला ढिलाइ गर्‍यौँ भने ती सेवाग्राहीले समाजमा गलत सन्देश दिनुहुन्छ।'

त्यसले न्यायालयबारे गलत गहिरो गलत सन्देश जाने उनले बताएका छन्। 

'न्यायालयको बेवास्ताका कारण समाजले नै अदालतमा ढिलासुस्ती हुने रहेछ। अदालतमा त भनेको बेला काम नहुने रहेछ भन्ने गुनासो आउँछ', उनले भने,'यस्ता सामान्य कुराले पनि समाजमा गलत सन्देश जान सक्छ।'

उनले अदालतमा आउने जो कसैलाई पनि झुलाउने प्रयास गर्न नहुने बताए। 

'सेवाग्राहीको समस्या बुझिदिनुस्। अदालतका कर्मचारी पनि कोठामा बसेर, कुर्सीमा बसेर मात्रै होइन, आउने सेवाग्राही आउनुहुन्छ, बाहिरै बस्नुहुन्छ', उनले भने, 'उहाँको समस्या बुझ्नुस्। आएकालाई पनि तपाईंको समस्या के हो भनेर सम्बोधन गरिदिनुस्। त्यसपछि मात्रै जनतालाई न्यायालय भएको आभास गर्नुहुन्छ।'

उनले मातहतका सबै न्यायालयमा जान नसकिने भन्दै सबैले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए। 'सबै ठाउँमा गएर सचेत गराउन सकिँदैन। सबैले आफ्नो दायित्व पूरा गरेमा जनताले राहत पाउनेछन्', उनले थपे। 

उनले तारिखका लागि एउटा पक्ष आउने र अर्को पक्ष नआएको थाहा पाए त्यसमा स्वार्थ भएको टिप्पणी गर्न सक्ने बताए। 

'एक पक्ष आउने र अर्को पक्ष नआउँदा आएको पक्षले स्वार्थवश हामीलाई झुलाइरहेको छ भन्ने सोच्न सक्छ। उसलाई बुझाइ दिनुस् न', उनले थपे, 'यो कारणले तपाईंको तारिख ढिला भएको भनेर।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .