नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवारबारे निर्णय गर्ने अन्तिम अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ।
ओली निवास बालकोटमा आइतबार दिउँसो बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा तर्फको ११० र प्रदेश सभाको २२० समानुपातिक उम्मेदवार छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एक नेताले जानकारी दिए।
एमालेले देशभरबाट सिफारिस भइ आएका नामहरुको छनौट गर्न पदाधिकारीमा रहेका केही नेताको कार्यदल बनाएको थियो ।
त्यही कार्यदलले तयार पारेको नामबाट ओलीले ३३० जना बनाउनेछन्।
एमालेले सोमबार निर्वाचन आयोगमा बन्द सूचि बुझाउनेछ।
‘अध्यक्षले प्राप्त नामहरुको छनोट गरेर निर्वाचन आयोगले मागेकै फर्म्याटमा तयार पार्नुहुनेछ,’ ती नेताले नेपालखबरसँग भने, ‘उहाँलाई केही पदाधिकारीले सहयोग गर्नुहुनेछ।
बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी अध्यक्ष ओली निवासमै दुई दिनदेखि बसेको बताएका थिए।
Shares
प्रतिक्रिया