परराष्ट्रमन्त्री डा. नारायण खड्काले दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धान्जली अर्पण गरेका छन्।
बेलायतको लण्डनस्थित लानकास्टर हाउमा राखिएको शोक पुस्तकमा मन्त्री खड्काले हस्ताक्षर गरे। मन्त्री खड्का बेलायतस्थित वेस्ट मिनिस्टर हल पनि पुगे, जहाँ एलिजाबेथको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यस अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र परराष्ट्र मन्त्रालयका अधिकारी पनि सहभागी थिए।
बेलायतकी महारानी एलिजावेथको अन्तिम संस्कारमा भाग लिन मन्त्री खड्का हिजो शनिबार लण्डन गएका हुन्। सरकारले मुलुक र नेपाली जनताका तर्फबाट एलिजाबेथको अन्तिम संस्कारमा भाग लिन मन्त्री खड्कालाई बेलायत पठाएको हो।
अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ् छिसन लगायत विश्वका नेताले बेलायत पुगेर एलिजाबेथलाई श्रद्धान्जली दिएका छन्।
९६ वर्षीया महारानी एलिजावेथ द्वितीयको भदाै २३ गते निधन भएको हो। उनकाे अन्त्येष्टि भाेलि (असाेज ३ गते) हुँदैछ।
Shares
प्रतिक्रिया