ad ad

राजनीति


निर्वाचनपछि केपी ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

निर्वाचनपछि केपी ओली नेतृत्वको सरकार बनाउनुको विकल्प छैन : विष्णु पौडेल

फाइल तस्बिर


नेपालखबर
असोज २८, २०७९ शुक्रबार ८:५४, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसीर ४ गतेको निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बनाउनुको विकल्प नरहेको बताएका छन्।

रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनु भएका उपाध्यक्ष पौडेलले देशलाई संकटको भूमरीबाट जोगाउनका लागि, समृद्धि र समाजवादको यात्रालाई अघि बढाउनका लागि आगामी निर्वाचनपछि ओली नेतृत्वको एमाले सरकार बन्नुपर्ने जिकीर समेत गरे।

बिहीबार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले एमालेको विजयीलाई सुनिश्चित हुनेगरी निर्वाचनको काममा खटिन पनि स्थानीय नेता, कार्यकर्तालाई निर्देशन दिए।

‘देशलाई संकटको भूमरीमा जानबाट जोगाउनका लागि, विकास, समृद्धि, सामाजिक न्याय र समाजवादको यात्रा तय गर्नका लागि नेकपा (एमाले)को जीत अपरिहार्य छ । नेकपा एमालेको नेतृत्वमा हामीले पार्टीबाट संस्थागत निर्णय गरेर हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका छौं,’ पौडेलले भने, ‘कमरेड केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गरेर अगाडि बढनुको कुनै विकल्प हामीसँग छैन । त्यस अर्थमा म कमरेडहरुलाई के आग्रह गर्न चाहन्छु भने इतिहासतिर फर्केर होइन् आजको जगमा उभिएर यो भोलीको अभिभार खासगरी मंसीर ४ गतेको अभिभार पूरा गर्ने हिसावले यो निर्वाचनमा प्रतिनिधिसभामा र दुवै प्रदेशसभामा पार्टीको जीत सुनिश्चित हुने हिसावले तपाईहरु उत्साहका साथ लाग्नुहोस् भन्ने म हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु ।’

उपाध्यक्ष पौडेलले निर्वाचनमा उम्मेदवारी दिने बेलामा माथिबाट केही गल्ती भएको हुन सक्ने भन्दै त्यसमा चित्त नदुखाउन पनि पार्टीका स्थानीय नेता, कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .