सत्ता साझेदारा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी र प्रतिक्रान्तिकारी भन्दा नेपाली कांग्रेस धेरै उत्तम भएको जिकिर गरेका छन्।
सत्ता गठबन्धनले बुटवलमा शुक्रबार गरेको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार सम्बोधनका क्रममा शान्ति सम्झौता गर्दा नै कांग्रेस-माओवादीले एकअर्कालाई भोट हालिसकेको जिकिर गरे।
प्रचण्डले रुष्ट कार्यकर्तालाई फकाउँदै अहिले सत्ता गठबन्धनमा एकअर्का दललाई भोट नदिने कुरा कुनै अर्थमा उपयुक्त नभएको पनि तर्क गरे।
‘प्रतिगामी र प्रतिक्रान्तिकारीभन्दा कांग्रेस धेरै उत्तम छ', उनले भने, 'नेपालका सबै उपलब्धि कांग्रेससँग मिलेर आएका हुन्। यसलाई सबैले बुझ्नुपर्छ।’
उनले प्रतिगामी गठबन्धन या लोकतन्त्र र गणतन्त्र रोज्ने समय मंसिर ४ भएको पनि जिकिर गरेका छन्।
‘प्रतिगामी गठबन्धन रोज्ने या लोकतन्त्र र गणतन्त्र जोगाउने गठबन्धन रोज्ने निर्णय मंसिर ४ गते हुन्छ’, उनले भने।
Shares
प्रतिक्रिया