गायक बद्री पंगेनी यतिबेला बुटवल पुगेका छन्। पंगेनीले बुटवल पुगेर एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णु पौडेललाई भोट मागेका छन्।
गीत गाउँदै भोट माग्दै हिँडेका पंगेनीले विष्णु पौडेलले विकासे नेताको छवि बनाएकाले भोट मागेको बताएका छन्।
उनले कसैको आग्रमा बुटवल नगएको बताउँदै भनेका छन्, ‘यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफैँ मूल्यांकन गर्नुहोस्, यहाँको विकासले देशमै नयाँ मोडल दिएको छ। यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनुभएको छ।’
रुपन्देही क्षेत्र नम्बर २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन पुगेका पंगेनीले पौडेलका लागि भोट मागेका हुन्। उनले मुलुकको अहिलेका आवश्यकता विकास र समृद्धि भएको र यसका लागि विष्णु पौडेललाई छान्न त्यहाँका मतदातालाई पंगेनीले आग्रह गरेका थिए।
Shares
प्रतिक्रिया