ad ad

राजनीति


गृहलाई निर्वाचन आयोगको निर्देशन : मतपरिणाम नआएसम्म मदिरा बेच्न निषेध गर्नू

गृहलाई निर्वाचन आयोगको निर्देशन : मतपरिणाम नआएसम्म मदिरा बेच्न निषेध गर्नू

फाइल तस्बिर


नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १९:१, काठमाडौँ

केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन

निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना पूरा नभएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो। 

समितिका संयोजकसमेत रहनुभएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गराउन निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी र त्यसमा सोधिएको स्पष्टीकरण, उजुरी फर्छ्यौट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समिति वा आयोगमा पठाउन पनि निर्देश गरेको छ।

‘निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमोजिम तथा निर्वाचन आचारसंहिता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसारसम्बन्धी कुनै गतिविधि गर्न नपाउनेबारे दल तथा उम्मेदवारलाई जानकारी गराउनू', आयोगले भनेको छ, 'त्यस व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिनू। विभिन्न निकायले तयार गरी पठाएका निर्वाचन आचारसंहिता कार्यान्वयन कार्ययोजनालाई एकीकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउनू।' 

आयोगले आफ्नो कार्यक्षेत्रभित्रका स्थानमा उम्मेदवार र दलले अस्वभाविक गतिविधि, भोज भतेर गरेको वा हातहतियार वा निषेधित सामान लिई हिँडेको र शान्ति भंगको प्रयास भएको पाए निगरानी राखेर तत्काल जानकारी गराउ पनि भनेको छ।

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सक्षम रहेको पनि बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .