नागरिकता कानुनको विरोधमा भारत जारी प्रदर्शन हिंसात्मक बन्दै गइरहेको छ।
स्वतस्फूर्त रुपमा सुरु भएको प्रदर्शनमा प्रतिपक्षी र अन्य क्षेत्रीय दलहरु पनि सहभागी भएपछि प्रदर्शन उग्र बन्दै गएको हो।
बिहीबार जुन–जुन स्थानमा प्रदर्शन गर्ने भनिएको थियो उक्त स्थानमा सरकारले कर्फ्यु जारी गरिदिएको छ। कर्फ्युका बीचमा पनि प्रदर्शन जारी छ।
भारत सरकारले दिल्लीमा मोबाइल सेवा अवरुद्ध पारेको छ भने विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ।
देशभरि भएका प्रदर्शनलाई ध्यानमा राख्दै प्रहरीलाई केन्द्रीय राजधानी दिल्लीदेखि मुम्बई–बैंगलोर सतर्क रहन निर्देशन गरिएको छ। उत्तरप्रदेशमा धारा १४४ लागू गरिएको छ।
आन्दोलमा सहभागी थुप्रैलाई प्रहरीले पक्राउ गरी अस्थायी कारगारमा राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
प्रहरीले भारतीय कम्युनिस्ट नेताहरु सीताराम येचुरी, प्रकाश करात, डी राजा र वृन्दा करतलाई पक्राउ गरेको छ।
त्यस्तै बिहीबार नै बैंगलोरमा प्रदर्शनमा सहभागी हुन पुगेका भारतका चर्चित इतिहासविद रामचन्द्र गुहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
संचारमाध्यमसँग अन्तर्वार्ता दिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ।
प्रदर्शनको सबैभन्दा बढी प्रभाव उत्तरप्रदेशमा परेको छ। सरकारले निषेधाज्ञा जारी राखेकै स्थानमा प्रशर्ननकारीहरुले प्रहरीकै गाडीमा आगजनी गरेका छन्।
अहिले सम्म प्रहरीहरुले सो क्षेत्रमा एक प्रहरीको गाडी, दुई कार, एक बस र थुप्रै मोटरसाइकलमा आगजनी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रतिक्रिया