ad ad

राजनीति


माओवादी महासचिवलाई ५ सय मतले पछि पार्दै एमाले उपमहासचिवको अग्रता

माओवादी महासचिवलाई ५ सय मतले पछि पार्दै एमाले उपमहासचिवको अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १८:२६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ प्रारम्भिक मतगणनामा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पछि परेका छन्। 

एक सिटमात्रै रहेको लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बाले २ हजार ५ सय ८ मत प्राप्त गर्दा माओवादीका देव गुरुङले २ हजार ८७ मत ल्याएका छन्। 

एमालेको पकड रहेको क्लोलोसोथार गाउँपालिका र सत्तागठबन्धनको पकड रहेको दूधपोखरी गाउँपालिकाबाट मतगणना सुरु भएको हो।

यसमध्ये स्थानीय तह निर्वाचनमा क्लोलोसोथार गाउँपालिकामा सम्पूर्ण सिटमा एमालेले ‘क्लिन स्वीप’ गरेको थियो। 

माओवादी महासचिव गुरुङ २०७४ को निर्वाचनमा वामगठबन्धनको उम्मेदवार बनेर लमजुङबाट प्रतिनिधि सभामा विजयी भएका थिए। 

एमाले उपमहासचिव गुरुङ भने लमजुङ ‘ख’ बाट निर्वाचित भई गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .