ad ad

राजनीति


कांग्रेसलाई संसद्को ठूलो दल बनाइदिएकामा देउवाले दिए मतदातालाई धन्यवाद

कांग्रेसलाई संसद्को ठूलो दल बनाइदिएकामा देउवाले दिए मतदातालाई धन्यवाद

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार ७:४९, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीलाई भोट हाल्ने मतदातालाई धन्यवाद दिएका छन्। 

यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनबाट कांग्रेसलाई सबैभन्दा ठूलो दल बनाइदिएको भन्दै देउवाले मतदाताप्रति आभार प्रकट गरेका हुन्। 

प्रधानमन्त्री देउवाले शुक्रबार बिहानै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनुभएकोमा धेरै धेरै धन्यवाद।’

धन्यवाद ज्ञापनका लागि उनले एउटा आकर्षक पोस्टर पनि बनाएका छन्। 

प्रत्यक्षतर्फ ५७ र समानुपातिक ३२ सिट जितेर कांग्रेस ८९ सिटसहित प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .