माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने मत बलियो देखिएको छ।
शनिबारदेखि काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा सहभागी अधिकांश नेताहरुले सरकारलाई समर्थन गर्नुपर्ने मत राखेका हुन्।
समाजवादीको ५२ सदस्यीय स्थायी कमिटीमध्ये अहिलेसम्म ३० जनाले बोलिसकेका छन्। उनीहरुमध्ये अधिकांशले सरकारलाई समर्थन गर्ने पक्षमा मत राखेको पार्टी उपमहासचिव गंगालाल तुलाधारले बताएका छन्।
'हामीबीचभमा सरकारलाई समर्थन दिनुपर्छ कि पर्दै भन्ने मत आएको छ। तर हामीले समर्थन नदिए पनि यो सरकारले निरन्तरता पाउँछ', उनले भने, 'हिजो पाँच दलीय गठबन्धन हुँदा सहकार्य भएकै प्रचण्ड प्रधानमन्त्री भएकाले समर्थन दिनु उपयुक्त हुन्छ कि भन्ने भएको छ। बोल्ने सबै साथीहरुको मत सरकारलाई सघाउने भन्ने छ।'
तुलाधरले प्रचण्डले आफूहरुसँग सल्लाह नगरी नेकपा एमालेसँग गठबन्धन गरे पनि सरकारलाई समर्थन गरेर जान सकिने विषयमा कुरा भइरहेको बताएका छन्।
Shares
प्रतिक्रिया