ad ad

राजनीति


चिनियाँ राजदूतको प्रतिवद्धता : विश्वमा उत्पन्न नयाँ चुनौतीबीच नेपाललाई सहयोग जारी रहन्छ

चिनियाँ राजदूतको प्रतिवद्धता : विश्वमा उत्पन्न नयाँ चुनौतीबीच नेपाललाई सहयोग जारी रहन्छ

नेपालका लागि चिनियाँ राजदूत छङ् सोन्। तस्बिर : सरोज बैजु/नेपाखलबर


नेपालखबर
पुस २४, २०७९ आइतबार १३:१०, काठमाडौँ

नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ्ले परिवर्तित विश्व परिवेशमा देखिएका चुनौतीबीच चीनले सधैँ झैँ नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न सहयोग जारी राख्ने बताएका छन्। 

कार्यभार सम्हाल्न काठमाडौं आएलगत्तै त्रिभुवन विमानस्थलमा एक वक्तव्य जारी गर्दै राजदूत सोङ्ले त्यस्तो बताएका हुन्। 

‘नयाँ परिस्थिति, नयाँ अवसर र नयाँ चुनौतिहरूको सामना गर्दै चीनले सदा झैँ नेपालको राज्य सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, नेपालको राष्ट्रिय परिस्थिति अनुरुपको विकासको पथको खोजी गर्न र स्वतन्त्रतापूर्वक आन्तरिक तथा विदेश नीति अवलम्बन गर्न सघाउनेछ’, उनले भनेका छन्। 

उनले हालै नेपालले पनि संघीय संसद र प्रादेशिक चुनाव सम्पन्न गरी नयाँ सरकार गठन गरेको पनि उल्लेख गरेका छन्। राजदूत सोङ्ले अन्तराष्ट्रिय परिस्थिति जे जसो भएपनि नेपालसँगको चीनको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन्। 

नेपालको आन्तरिक राजनीतिक घटनाक्रमका अलावा अन्र्तराष्ट्रिय परिस्थितिको वक्तव्यमा उल्लेख गरेर उनले चीन र अमेरिकाबीचको बढ्दो कटुतालाई इंगित गरेका छन्।

सन् २०१७ मा चीन र अमेरिकाबीच व्यापार युद्ध शुरु भएयता सम्बन्ध संग्लिन सकेको छैन। जो बाइडेन प्रशासनले पनि ट्रम्प प्रशासनले चीनविरुद्ध लिएका नीति नै दोहोर्‍याएको छ। 

अमेरिका र चीनबीच सबन्ध बिग्रिँदा त्यसको असर उनीहरुसँग सम्बन्ध राख्ने विश्वका सबै देशमा प्रत्यक्ष अप्रत्यक्षरुपमा परेको छ। नेपालमा पनि अमेरिका–चीन सम्बन्धमा देखिएको विवादका असर देखिएका छन्। 

वक्तव्यमा सोङ्ले नेपाल र चीनका मौलिक चाहनाप्रति प्रतिवद्ध रहन, मित्रता बढाउन र साझा विकासका लक्ष्यमा अघि बढ्दै नयाँ युगमा साझा भविष्यका साथ निकटतम् चीन–नेपाल समुदाय निर्माण गर्न तयार रहेको उल्लेख गरेका छन्। 

विमानस्थलमा चिनियाँ राजदूत छङ् सोन्। तस्बिर : सरोज बैजु/नेपालखबर

वक्तव्यमा उनले चिनियाँ राष्ट्रपतिको सन् २०१९ मा भएको ऐतिहासिक भ्रमणले रणनीतिक सहकार्य मजबुत बनाएको चर्चा गर्दै अबका दिनमा पनि सम्बन्ध बलियो बनाएर जाने उल्लेख गरेका छन्। 

उनले नेपाल र चीनबीचको रणनीतिक साझेदारीमा आधारित सहकार्यमा नयाँ अध्याय थप्न नेपालका सबै तप्कासँग निकट रही काम गर्न तयार रहेको बताएका छन्। 
राजदूत सोङ्ले दुई देशका जनतालाई अझ बढी लाभ मिल्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन्। 
‘म हाम्रो सुन्दर मिसन र ठूलो जिम्मेवारीबारे गहन रुपमा जानकार छु’ उनले भनेका छन्। 

चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका नेताहरुबीचका महत्वपूर्ण सहमति कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने उनले बताएका छन्।

नेपाल र चीनबीच हालैका वर्षमा बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) अन्तर्गत विभिन्न क्षेत्रमा व्यवहारिक सहकार्य अघि बढेको उनको भनाइ छ। त्यस्तै हिमालय सीमापार बहुआयामिक अन्र्तआवद्धता सञ्जालले विस्तारै आकार ग्रहण गरिरहेको उनले उल्लेख गरेका छन्। 

नेपाल र चीन नदी र पहाडले जोडिएका सदियौँ पुराना मित्र रहेको उनले बताएका छन्। 

राजदूत सोङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएयता चीन र नेपालले एक एर्कालाई विश्वास र सम्मान गर्दै आएको पनि बताएका छन्। 

‘एक अर्कालाई समान व्यवहार, मित्रवत् सहकार्य, आपसि लाभका आधारमा असल छिमेकीका रुपमा चीन र नेपालले आफूलाई प्रस्तुत गरिआएका छन्। यो सम्बन्ध दुई छिमेकीबीचको असल सम्बन्धको उदाहरण हो’ उनले भने। 

भूकम्प, कोरोना महामारी जस्ता असहज परिस्थितीमा चीन र नेपालले एक अर्कालाई सहयोग गरेको उनले स्मरण गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .