ad ad

राजनीति


लोसपा : प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

लोसपा : प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई

नेपालखबर
पुस २४, २०७९ आइतबार १९:६, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ।

आइतवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले मधेश प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताए। उनले आजको बैठकमा यथाशिघ्र पार्टीको संगठन विस्तारको कामलाई तिब्रता दिने निर्णय भएको पनि बताए

उनले भने, ‘आजको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने जुन कुरा छ, त्यस सम्बन्धमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ। मधेश प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने कुरा थियो, त्यो पनि आजको बैठकले मधेश प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय गरेको छ। संगठन विस्तारको सन्दर्भमा यथाशिघ्र पार्टीको संगठन विस्तारको कामलाई तिब्रता दिने कुरा भएको छ।’

नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .