ad ad

राजनीति


चीन र नेपालबीच बीआरआई सम्झौता कार्यन्वयन हुने विश्वास

चीन र नेपालबीच बीआरआई सम्झौता कार्यन्वयन हुने विश्वास

नेपालखबर
माघ ४, २०७९ बुधबार १४:३२, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग र नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ ले शिष्टाचार भेट गरेका छन्।

चीनको २२औं राजदूतका रुपमा नेपाल आएका सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भेटघाट भएको हो।

भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना कालदेखि घनिष्ठ रहेको उल्लेख गर्दै पछिल्लो समय थप प्रगाढ,सुमधुर र रचनात्मक बन्दै गएकोमा खुसी लागेको बताए।

‘दुई मुलुकले हाम्रो लामो इतिहास बोकेको मित्रवत सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छन्,’ उनले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ। हामी हाम्रो भूभागमा चीनका गहन चासोका विषयहरु तथा मामिलाका विरुद्धमा कुनै पनि गतिविधि हुन नदिन कटिबद्ध छौं।’

अध्यक्ष तिमिल्सिनाले मित्रराष्ट्र चीनले हासिल गरेको निरन्तरको प्रगतिप्रति नेपालले प्रशंसा व्यक्त गर्दै आएको उल्लेख गरे। उनले चीन र नेपालबीच भएका उच्चस्तरीय भ्रमण र अन्य अवसरहरुमा भएका बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई), पारबहान लगायत सम्झौता कार्यन्वयन हुने विश्वास व्यक्त गरे।

कोरोना महामारी र बाढी पहिरोका कारण अबरोध भएको नेपाल र चीनको दोहोरो व्यापार सुचारु हुँदा केही सहज भएको अध्यक्ष तिमिल्सिनाले बताए।

‘हाल केरुङ/रसुवागढी सीमा नाकामा दोहोरो व्यापार सुचारु हुनुले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाएको छ। हिल्सा/पुराङ नाकामा पनि एकातर्फी सुचारू भएको छ,’ उनले भने, ‘यसले दुईदेशबीचको व्यापार प्रवर्द्बन गर्न एवम् सीमा क्षेत्रका बासिन्दाहरूको जीवनयापनमा सहजता ल्याउने विश्वास रहेको छ। अबका दिनमा हामीले तातोपानी जाङमु द्विपक्षीय व्यपारको रूपमा र अन्य नाकाहरूबाट आयातको व्यवस्था गर्न आवश्यक छ।’

त्यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्‍याउनेमा अध्यक्ष तिमिल्सिनाले विश्वास व्यक्त गरे।

‘नेपाल–चीन बीचको व्यापारलाई सन्तुलन गर्न चीन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनमा तीव्रता दिन र महामारी पश्चातको पुनःनिर्माणमा थप विकास सहायता उपलब्ध गराउनेतर्फ प्राथमिकता साथ दुवै देशले मिलेर अगाडि बढ्नु आवश्यक छ,’ उनले भने, ‘यसका लागि महामहिमले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने विश्वास लिएको छु।’

भेटका अवसरमा राजदूत सोङले नेपाल र चीनबीचको सम्बन्ध सांस्कृतिक रुपमा लामो समयदेखि सुमधुर तथा कुटनीतिक रुपमा पनि सबै राजनीतिक परिस्थितिमा समान रहेकोमा खुसी व्यक्त गरे।

उनले दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन उच्चस्तरीय राजनीतिक भ्रमण, रणनीतिक सञ्जाल निर्माण गर्ने र विभिन्न समयमा भएका बेल्ट एण्ड रोड इनिसियटिभ लगायतका सम्झौताको कार्यन्वयनमा जोड दिनुपर्ने बताए।

उनले दुई देशको सरकार र संसदबीच सहकार्यका लागि आफ्नो तर्फबाट भूमिका निर्बाह गर्ने प्रतिबद्धता व्यक्त गरे।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .