उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई जिताउन आग्रह गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा घिमिरेका लागि मत माग्दै लिङ्देनले पदिय जिम्मेवारी निभाउनका लागि घिमिरे सुयोग्य पात्र भएको चर्चा गरे।
‘देवराज घिमिरे र हामी फरक राजनीतिबाट आएपनि म फरकबाट आएपनि उहाँलाई विगतबाट जान्दछु,’ लिङ्देनले भने, ‘लामो समयदेखि नेपाली राजनीतिमा क्रियाशिल सादा जीवन व्यतित गर्नुभएको सादा मानिस हुनुहुन्छ।’
निष्पक्षता र प्रभावकारितामा घिमिरे सुयोग्य पात्र भएको भन्दै लिङ्देनले भने, ‘सभामुखजस्तो गरिमाय पदका लागि उहाँ सुयोग्य पात्र हुनुुहन्छ। निष्पक्षता र यसको प्रभावकारितामा उहाँ योग्य हुनुुहुन्छ।’
63
Shares
प्रतिक्रिया