ad ad

राजनीति


ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरे : विश्वप्रकाश शर्मा

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरे : विश्वप्रकाश शर्मा

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १२:२०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पिँजडामा राख्ने प्रयास भएको बताएका छन्। 

बिहीबार कांग्रेसबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मत माग्दै शर्माले सो कुरा बताएका हुन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै भने, ‘हामीले ढोक्सा थापेका छैनौं। माछालाई जालमा पार्न कुनै योजना हाम्रो छैन। तर, माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा चैं नबनाउनका लागि मैले रोष्ट्रममा उभिएर अपिल गर्नै पर्ने हुन्छ।’

साथै, उनले एमाले अध्यक्ष ओली संयोजक रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रलाई नेपालको संविधानले नै नचिन्ने बताए। 

‘०७४ सालमा हामीले उच्चस्तरिय संयन्त्र बनाऔं भन्दा यसलाई संविधानले नै चिन्दैन भन्नुभयो, तर अहिले तपाईं त्यही उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक हुनुुहन्छ। संविधानले नचिन्ने यो संयन्त्रको संयोजक किन बन्नुभयो? देशका प्रधानमन्त्रीलाई पिँजडामा पार्न?’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .