नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री दाहालसँग विदेश सचिव क्वात्राले सोमबार बालुवाटारमा सिस्टाचार भेट गरेका हुन्।
सोमबार नेपाल आएका क्वात्राले सोमबार साँझ नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
यसअघि उनले नेपालस्थित परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग पनि भेट गरिसकेका छन्।
उनले सोमबारै साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि छलफल गर्दैछन्। क्वात्राले मंगलबार पनि राजनीतिक भेटलाई जारी राख्ने भएका छन्।
72
Shares
प्रतिक्रिया