ad ad

राजनीति


राष्ट्रपति निर्वाचनको प्रचारका लागि आठ दलले तोके ‘फोकल पर्सन’

राष्ट्रपति निर्वाचनको प्रचारका लागि आठ दलले तोके ‘फोकल पर्सन’

नेपालखबर
फागुन १४, २०७९ आइतबार २२:१, काठमाडौँ

नेपाली कांग्रेससहितका आठ राजनीतिक दलले राष्ट्रपति निर्वाचनको प्रचार प्रसारलाई व्यवस्थित ढंगले अघि बढाउने निर्णय गरेका छन्। 

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा मतदान गराउन सबै दलबाट फोकल पर्सन तोकिएको छ।

बैठकले निर्वाचन प्रचारको कामलाई समन्वय गर्न आठै दलबाट फोकल पर्सन तोकेको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए।

जसमा नेपाली कांग्रेसकातर्फबाट उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका नेता शक्ति बस्नेत, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ। 

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँ, लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेललाई फोकल पर्सन तोकिएको महासचिव भट्टले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनको सन्दर्भमा मिलेर जानुपर्ने र साझा उम्मेदवारलाई जिताउन सामुहिक पहल गर्नुपर्ने धारणा राखेका थिए।

आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको सोही विषयमा केन्द्रित भएर बैठक बसेको हो।

नेकपा एमालेलाई छाड्दै प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले गत शुक्रबार नेपाली कांग्रेससहितको नयाँ गठबन्धन बनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .