राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले आफूले देशका अहितमा काम नगर्ने भएकोले मत दिन राप्रपासँग आग्रह गरेका छन्।
राष्ट्रपतिमा मत दिन आग्रह गर्दै गठबन्धनका ९ दलका नेताहरुसहित पौडेल सोमबार राप्रपाको पार्टी कार्यालय धुम्बाराही पुगेका थिए।
‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा मैले लामो समय बिताएँ,’ पौडेलको भनाइ उधृत गर्दै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘म देशको अहितमा काम गर्दिनँ, तपाईंहरुको दलको पनि समर्थन दिनुपर्यो।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रपतिको उम्मेदवारबारे अहिले नै निर्णय नगरेको भन्दै २४ गते मात्र निर्णय गर्ने जवाफ दिए।
‘तपाईंहरुले सद्भाव राखेर मत माग्न आउनुभयो यसमा शुभकामना छ,’ लिङदेनले पौडेलसँग भने, ‘अहिले नै पार्टीले धारणा बनाइसकेको छैन। २४ गतेमात्र निर्णय गर्छाैँ।’
गठबन्धनका तर्फबाट उम्मेदवार पौडेलसहित नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, दीपक खड्का, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, जसपाका नेता राजेन्द्र श्रेष्ठ, लोसपाका नेता शरतसिंह भण्डारी राप्रपा कार्यालय धुम्बाराही पुगेका थिए।
राप्रपाबाट प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष विक्रम पाण्डे, नेताहरु शरदराज पाठक, हेमजुङ गुरुङ, उद्धव पौडेल र प्रवक्ता मोहन श्रेष्ठ सहभागी थिए।
भेटमा लिङ्देनसँग रामचन्द्रले राष्ट्रपतिबारे के भने? pic.twitter.com/7cjvvtXPcE
— Nepalkhabar (@nepalkhabar) March 6, 2023
Shares
प्रतिक्रिया