नेकपा (एमाले) संसदीय दलको उपनेतामा पार्टी उपाध्यक्ष सुवास नेम्वाङ चयन भएका छन्।
फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा पराजित नेम्वाङलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले दलको उपनेतामा चयन गरेका हुन्।
नेम्वाङ यसपहिले पनि दलको उपनेताकै भूमिकामा थिए।
‘तपाईंलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नु हुनेछ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ। यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए।
66
Shares
प्रतिक्रिया