राष्ट्रपति रामचन्द्र पौडेल लैनचौरस्थित सहिद पार्क पुगेका छन्। उनी पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सहिदपार्क पुगेका हुन्।
राष्ट्रपति पौडेल सोमबार अपरान्ह सहिदगेट आउने कार्यक्रम थियो। तर सडक जाम हुने भएपछि अन्तिम समयमा स्थगित गरिएको छ।
उनका सहयोगीले सडक यातायात प्रभावित हुने देखिएपछि सहिदगेट आउने कार्यक्रम स्थगित गरिएको बताएका छन्।
फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित पौडेलले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्।
816
Shares
प्रतिक्रिया