ad ad

राजनीति


माओवादी, एकीकृत समाजवादी र जसपाले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने

माओवादी, एकीकृत समाजवादी र जसपाले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने

नेपालखबर
बैशाख ३, २०८० आइतबार १७:३५, काठमाडौँ

सत्तारुढ तीन दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले १५ दिनभित्र संयुक्त मोर्चा बनाउने भएका छन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृतवको जसपाले पार्टी एकता अगाडि बढाउन संयुक्त मोर्चा बनाउन लागेका हुन्।

तीन पार्टीले १५ दिनभित्र मोर्चा बनाउने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक चौधरीले १५ दिन भित्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका बीचमा मोर्चा बन्ने बताए।

उनले मोर्चाले सकारात्मक रुप लिएमा पार्टी एकतासम्म हुने सम्भावना रहेको बताए। उनले आफूहरु पार्टी निर्माण र पार्टी एकताको अभियानमा लागिरहेको उल्लेख गरे।

उनले भने,  ‘सकारात्मक रुप लियो भने यो एकतासम्म जानसक्ने सम्भावना छ। त्यो ठाउँमा हामी पुगेका छौँ। अहिलेसम्म हामी सरकार निर्माणमा लागेका थियौँ। अब पार्टी एकता, पार्टी निर्माण गर्ने अभियानमा छौँ।’

यस्तै, सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले भने पार्टी एकताको सम्बन्धमा कुनै प्रगति हुन नसकेको बताए।

उनले भने,  ‘हामीले कार्यदल पनि बनाएका थियौँ। कार्यदलले विभिन्न पार्टीहरुसँग कुरा पनि गरिरहेको छ। केही कुरा मिलेकाहरुसँग त अलि अगाडि एकता पनि भइसकेको छ। अरु केही कुरा नीति, सिद्धान्त, कार्यक्रम मिल्न सक्नेहरुसँग एकता हुँदै जान्छ। अहिले ठ्याक्कै यतिबेला चाहीँ त्यति धेरै प्रगति छैन।’

उनले वामपन्थी विचारधाराका दलहरुसँग मोर्चा र एकीकरणका लागि छलफल चलिरहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .