ad ad

राजनीति


आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

फाइल तस्वीर


नेपालखबर
बैशाख ४, २०८० सोमबार ७:५६, काठमाडौँ

आज (सोमबार) राष्ट्रियसभा बैठक बस्दै छ।

दिउँसो १ बजे संघीय संसद्‌ भवन नयाँबानेश्वरमा राष्ट्रियसभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ।

यसअघि बिहीबार बैठक बोलाइएको थियो। तर विशेष कारण देखाएर बिहीबारको बैठक स्थगित गरिएको थियो।

सोमबार बस्न लागेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .