राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद शर्माको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन्।
तिमिल्सिनाले शर्मालाई मंगलबार प्रेस सल्लाहकार नियुक्त गरेका हुन्। पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन्।
विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए।
उनले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायतका सञ्चार संस्थामा काम गरेका छन्।
शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत हुन्।
222
Shares
प्रतिक्रिया