ad ad

राजनीति


भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग देउवा, श्रेष्ठ र नेपालको भेट

भाजपा विदेश विभाग प्रमुख चौथाइवालेसँग देउवा, श्रेष्ठ र नेपालको भेट

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १९:३०, काठमाडौँ

नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले मंगलबार शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्। 

उनले मंगलबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका हुन्।

उत्तराखण्ड हुँदै सुदूरपश्चिमको स्थलमार्गबाट नेपाल आएका उनी मंगलबार काठमाडौं उत्रिएर राजनीतिक भेटघाट गरेका हुन्।

भेटघाटका क्रममा उनले दुई देशबीचको सम्बन्ध र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्भावित भारत भ्रमणसहितका विषयमा कुरा गरेको बताइएको छ। 

चौथाइवाले धनगढीमा भएको मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .