ad ad

राजनीति


रविसँग जनता असन्तुष्ट छन्, चितवन २ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा : उमेश श्रेष्ठ

रविसँग जनता असन्तुष्ट छन्, चितवन २ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा : उमेश श्रेष्ठ

फाइल तस्बिर


नेपालखबर
बैशाख ६, २०८० बुधबार १२:५७, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् मंसिर ४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार उमेश श्रेष्ठले यस पटकको उपनिर्वाचनमा रवि लामिछाने तेस्रो स्थानमा धकेलिने बताएका छन्। 

चुनावी अभियानका क्रममा चितवन पुगेका श्रेष्ठले उपनिर्वाचनमा मंसिरको नतिजा उल्टिने पनि दाबी गरेका छन्। 

‘अहिले चितवन २ को अवस्था पाँच महिनापहिलेको जस्तो छैन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको क्रेज सकिँदै गएको छ', उनले भने, 'जसका कारण रास्वपा तेस्रोमा पुग्दा चुनावी प्रतिस्पर्धा कांग्रेस र एमालेबीच नै हुन्छ।’

रविले मंसिर ४ मा ह्विम र लहडको भोट पाएको पनि उनको जिकिर थियो। ‘त्यसबेला रविले पाएको भोट ह्वीमको हो। त्यसबेला चितवनका जनता बहकिएका थिए', उनले भने, 'तर यसबीचमा राजनीतिक माहोल फेरिएको छ। रविजी र रास्वपाका गतिविधिबाट जनता सन्तुष्ट छैनन्। जनताले चिनिसके। त्यसैले पहिले जसरी चितवन २ का मतदाता बहकिने सम्भावना छैन।’

श्रेष्ठले चितवनमा रास्वपाको जनाधार पनि नरहेको तर्क गरे। उनले रविको पक्षमा देखिएको मतलाई एउटा लहर मात्रै भनेका छन्। 

'चितवनमा रास्वपाको कुनै जनाधार छैन', उनले भने, 'विगतमा नानीमैया दाहाल र गोल्छे सार्कीको जस्तै ह्विम आएको हो। तर अब त्यो अवस्था छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .