ad ad

राजनीति


नवनियुक्त तीन मन्त्रीको शपथ आज

नवनियुक्त तीन मन्त्रीको शपथ आज

नेपालखबर
बैशाख २१, २०८० बिहिबार ७:२७, काठमाडौँ

नेपाली कांग्रेसबाट नवनियुक्त तीन मन्त्रीलाई आज शपथ खुवाइने भएको छ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा कांग्रेस सांसदहरु धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्रीलाई आज(बिहीबार)दिउँसो  ३ बजे शपथ गराइने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए।

प्रधानमन्त्री दाहालले बुधबार नवौँपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए। तर अझैँ वन तथा वातावरण मन्त्रालय र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालकै जिम्मा छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .