नेपाली कांग्रेसले सरकार र पार्टी सञ्चालनको विषयमा एकसाथ केन्द्रीय कार्यसमितिको एकै बैठकमा छलफल नगर्ने भएको छ।
सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सरकार र पार्टी सञ्चालनको विषयमा एकसाथ एकै बैठकमा छलफल नगर्ने निर्णय गरेको हो।
बैठकमा सहभागी सहमहामन्त्री भीष्मराज आङ्देम्बेले फरक–फरक दिन सरकार र पार्टी सञ्चालनको विषयमा छलफल गर्ने सहमति भएको जानकारी दिए। बैठकमा एक दिन सरकार र एक दिन पार्टी सञ्चालनको विषयमा छलफल गर्ने सहमति भएको उनले बताए।
‘हामीले एकै बैठकमा सरकार र पार्टी सञ्चालनको विषयमा भन्दा पनि एक दिन सरकार र एक दिन पार्टी सञ्चालनको विषयमा छलफल गर्ने निर्णय गरेका छौँ,’ आङ्देम्बेले भने।
54
Shares
प्रतिक्रिया