प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि निर्दोषलाई फसाउन नहुने बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछी ओलीले यस्तो बताएका हुन्।
‘नक्कली शरणार्थी प्रकरणबारे हामी अध्ययन गरिरहेका छौँ। यो तानेको हो कि तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौँ। अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौँ, निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन,’ उनले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन। निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’
उनले एमाले सचिव टोपबहादुर रायमाझीलाई बाटैबाट पक्राउ गरिएको कुरा रहस्यमय भएको पनि बताए।
‘४ वर्षअघि चेक जसले काट्यो उसैसँग रह्यो चेक जस्ता कुराहरु छन्। एउटा सांसद र उपप्रधानमन्त्री भइसकेको मान्छे षड्यन्त्रपूर्वक बाटोमा समाउनु, रहस्यपूर्ण छ’, उनले भने, ‘उहाँ भागेर जाने कतै होइन। यसमा मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छु।’
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग सांसद रायमाझीलाई पक्राउ गरेको कुरामा पनि ध्यानाकर्षण गराएको
उल्लेख गरे।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीले भने उनलाई अहिलेसम्म पक्राउ गरिनसकेको जनाएको छ।
Shares
प्रतिक्रिया