ad ad

राजनीति


आर्थिक पारदर्शिता पहिलो प्राथमिकता : मन्त्री गुरुङ

आर्थिक पारदर्शिता पहिलो प्राथमिकता : मन्त्री गुरुङ

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १७:३६, काठमाडौँ

नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।

बिहीवार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। उनले कुनैपनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताए।

उनले आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने रहेको बताए। उनले न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्नेकुरा पहिलो प्राथमिकतामा रहेको उल्लेख गरे। उनले कुनैपनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे।

उनले भने, ‘कुनैपनि कुरामा आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखिनेछ। कुनैपनि योजना अघि बढाउँदा कति लगानी, लागत, किस्ताबन्दीमा कति के भन्नेकुरा निकालिनेछ। सुशासन, न्याय ढिला हुनेकुरामा प्राथमिकता हुनेछ, त्यसको अन्त्यका लागि प्रयास हुनेछ, म यसमा चुस्त र दुरुस्त बनाएर अघि बढुनेछु। कानून बमोजिम सबै चल्नुपर्छ, कानूनभन्दा माथि कोही पनि हुँदैन। त्यही ढंगबाट अघि बढ्न सबैको सहयोग हुने विश्वास छ, त्यही अनुसार म काम गर्नेछु। कुनैपनि क्षेत्रको भ्रष्टाचारको सन्दर्भमा कसैलाई छुट हुँदैन। अदालतलाई निष्पक्ष, स्वतन्त्र, छिटो, छरितो चुस्त दुरुस्त बनाउनेछु।’

कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .